महोत्तरीमा छोरीमाथि जबर्जस्ती करणीको प्रयास गर्ने एक पिता पक्राउ परेका छन् ।
जिल्लाको बर्दिबासस्थित खयरमारामा आफ्नै छोरीमाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पिता पक्राउ परेका हुन् ।घरमा श्रीमती नभएको मौका छोपी ३८ वर्षीय एक पिताले १३ वर्षीया छोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।आरोपी पुरुषमाथि जबर्जस्ती करणी उद्योगमा उजुरी पश्चात अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी घटना सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।