कोभ्याक्सअन्तर्गत नेपालले पाएको कोभिड भ्याक्सिन आज आउँदै छ । नेपालले अनुदानमा पाएको करिब साढे ३ लाख डोज कोभिड भ्याक्सिन आज नेपाल आउन लागेको हो ।
भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड भ्याक्सिनको ३ लाख ४८ हजार डोज नेपाल आउन लागेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।