सप्तरी – जनता समाजवादी पार्टीले संसदीय दलको बैठक आह्वान गरेको छ । भोली मंगलबार दिउँसो १ बजेका लागि जसपाले बैठक बोलाएको हो । बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल गरिने बताइएको छ ।
प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।