०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

सोमबार, फाल्गुण २४, २०७७

उद्योग सङ्घ चितवनले औद्योगिक राहत कोष स्थापना गरेको छ । उद्योगमा विपत् आइपर्दा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो ।

सङ्घका अध्यक्ष राजु पौडेलले आफूले रु एक लाख राखेर कोषको शुभारम्भ गरेको बताए । उनले भने, “कोषमा रकम जम्मा गरेअनुसार विपत् पर्दा छ महीनासम्म बिनाव्याज सहयोग गरिनेछ ।” कोषमा जम्मा गरेको रकमको रु १०० गुणा गर्दा आउने रकम बराबरको सहयोग छ महीनाका लागि गरिनेछ । यस्तो सहयोग अधिकतम रु ५० लाखसम्म मात्रै उपलब्ध गराइने उनले जानकारी दिए । भूकम्प, आगलागी, बाढीपहिरो जस्तो विपत्ले उद्योग पूर्णरुपमा क्षति भई पुनःसञ्चालन गर्न सहयोग उपलब्ध गराइने छ । सङ्घका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेलका अनुसार विपत् पर्दा तत्काल उद्योग सञ्चालन गर्न कठिन हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

अभियानलाई स्थानीय पालिकाले पनि सहयोग गरिरहेका छन् । हालसम्म कोषमा रु २० लाख जम्मा भइसकेको छ । कालिका र खैरहनी नगरपालिकाले रु पाँच÷पाँच लाखको सम्झौता भइसकेको छ भने अन्य पालिकाहरुमा सम्झौताको चरणमा रहेको छ । सङ्घका उपाध्यक्ष योगराज ओस्तीले जिल्लाका २०० उद्योग यस अभियानमा तत्काल जोडिने अपेक्षा गरिएको बताए । उनले बीमाबाट र थप ऋण पाइनसकेका अवस्थामा तत्काल उद्योग सञ्चालन गर्न कोष प्रभावकारी हुने जानकारी दिए । उद्योगी र पालिका सकारात्मक रहेकाले कोष प्रभावकारी बन्ने उनको भनाइ छ ।

कोषबाट सहयोग लिने उद्योगले अनिवार्यरुपमा कोषमा रकम जम्मा गरेको हुनुपर्ने छ । यस्तो सहयोग रकम बीमाबाट पाएपछि पुनःकोषमै फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]