०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, फाल्गुण २५, २०७७

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा भव्य ‘वाटर फन पार्क’ निर्माण हुने भएको छ । पार्क निर्माण गर्न डिपीआर (विस्तृत परियोजना रिपोर्ट) समेत तयार भइसकेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३ करोड ४९ लाख र गाउँपालिकाको एक करोड ४९ लाख गरी झण्डै पाँच करोड रुपैयाँको लगानीमा भव्य पार्क निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष सतिश कुमार सिंहले मधेशलाइभलाई जानकारी दिनु भयो ।उहाँका अनुसार नेपाल र भारतका पर्यटकलाई लक्षित गर्दै ‘वाटर फन पार्क’ निर्माण गर्न लागिएको हो । ‘हामी ५ करोड रुपैयाँको लगानीको वाटर फन पार्क निर्माण गर्न लागेको हो’ उहाँले –‘वडा नम्वर १ स्थित बेल्हीमा पार्क बनाउने हाम्रो तयारी छ, यद्यपी जग्गा अलि बढी नै आवश्यक पर्ने भएकाले त्यहाँ जग्गा कम भए अन्य ठाउँमा पनि जानसक्ने सम्भावना छ ।’

केही समझौताका कुराहरु बाँकी रहेकोले सो कार्य सकिएसँगै टेण्डर प्रक्रियामा जाने अध्यक्ष सिंहले बताउनुभयाे । ‘यो सब प्रक्रिया मिलाउन डेढदेखि २ महिनासम्म लाग्नसक्छ’ उहाँले –‘टेण्डर सकिएसँगै २ वर्षभित्र पार्क निर्माण गराइसक्ने हाम्रो योजना छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]