नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरू भएको छ। आज मंगलबार केही बेरअघि मात्रै पार्टीको बैठक सुरु भएको पार्टीका एक स्थायी कमिटी सदस्यले बताए ।
उनका अनुसार अहिले बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरू भएको छ। माओवादी पार्टी कार्यालय पुनःस्थापनादेखि पार्टीको सबै संगठन कमिटीहरूलाई जीवन्तता दिने, सरकारलाई दिएको समर्थन के गर्ने र अब संसद्मा कसरी प्रस्तुत हुने लगायत विषयमाथि बैठकमा छलफल हुने भएको छ।
आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएपछि उक्त दल खारेज भएकोले साविकको दुवै पार्टी ब्युँतिएको छ।