३० फाल्गुण २०८१, शुक्रबार
9:16:11 PM

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

बिर्तामोड – कांग्रेस नेता शेखर कोइरालाले एक वर्षभित्र चुनाव गराउने सर्तमा मात्र कांग्रेस सरकार निर्माणमा जुट्नुपर्ने बताएका छन् । देशको अहिलेको निकासका लागि चुनावको विकल्प नभएको उनको भनाइ छ ।

झापाको बिर्तामोडमा बुधबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेस नेता शेखर कोइराला ।कोइरालाले अदालतको दोस्रो फैसलाले देश अन्योलको अवस्थामा पुगेको पनि बताए । बिर्तामोडमा बुधबार प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले ढिलोमा ०७८ चैतभित्र चुनाव गराउनुपर्नेमा जोड दिए । ‘चुनाव ०७८ चैतभन्दा पछि जान भएन । त्यसभन्दा पछि भयो भने देशले ठूलो नोक्सान बेहोर्छ,’ उनले भने, ‘देशको अहिलेको अन्योल अन्त्य गर्दै मुलुकलाई निकास दिन कांग्रेसले सरकार निर्माणको पहल थाल्नुपर्छ ।’

कांग्रेस केपी शर्मा ओलीसाग मिलेर सरकारमा जान नहुने पनि कोइरालाले बताए । ‘संविधान नै ध्वस्त गरेर अघि बढेका केपी ओलीसँग सरकार बनाउने विषयमा कांग्रेसले सहकार्य गर्नु हुँदैन,’ उनले भने । अहिलेको अवस्थामा कांग्रेस ‘पर्ख र हेर’ को अवस्थामा बस्न नहुने भन्दै कोइरालाले चुनावमुखी कार्यक्रम गर्नुपर्नेमा जोड दिए । संसद्को आयु दुई वर्ष भए पनि अहिलेको अवस्थामा संसद्ले बाँकी समय पूरा गर्न सक्ने अवस्था नभएको उनको दाबी छ ।पत्रकारहरूसँग नेता कोइरालाले आफू पार्टीको १४औं महाधिवेशनका लागि माहोल बनाउन जिल्ला दौडाहमा निस्किएको बताए ।

‘पार्टी सभापतिका लागि मेरो उम्मेदवारीबारे केन्द्रीय नेताहरूसँग एक किसिमले र जिल्लास्तरीय नेता–कार्यकर्तासँग अर्को किसिमले समर्थन जुटाउन म अहिले जिल्ला दौडाहमा छु,’ उनले भने । उनले पार्टीभित्र तेस्रो धारको नेतृत्व गर्ने नेता कृष्णप्रसाद सिटौला आफूसँग रहेको दाबी पनि गरे ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल -kchhakhabarofficial@gmail.com