१४ मंसिर २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बुधबार, फाल्गुण २६, २०७७

काठमाडौं – त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत ब्याचलर्स इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) मा भर्ना खुलेको छ । त्रिविको विज्ञान प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले बुधबार २०७७ सालको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना जारी गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका विद्यार्थीहरुले यहाँ क्लिक गरी रजिस्ट्रेसन लिङ्कमा गएर अनलाइनबाटै भर्ना आवेदन दिन सकिनेछ । सेमेस्टर परीक्षा प्रणाली अनुसार चार वर्षे स्नातक तहको यो शैक्षिक कार्यक्रममा भर्ना हुनका लागि आउँदो चैत १७ गतेभित्र आवेदन बुझाईसक्नुपर्नेछ ।यद्यपि चैत २२ गतेसम्म दोब्बर दस्तुर बुझाएर भर्ना आवेदन दिन सकिने परीक्षा शाखा बल्खुले जनाएको छ । आवेदन दिने विद्यार्थीहरुको प्रवेश परीक्षाको मिति चैत २८ गते शनिबार मध्यान्ह १२ बजेदेखि २ बजेका लागि राखिएको छ ।त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संकाय अन्तर्गतका आंगिक क्याम्पसहरुमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत ग्रेडिङ सिस्टम अनुसार पठनपाठन हुने चार वर्षे बीआईटी कार्यक्रमका लागि यो भर्ना आवेदन खुलाइएको हो ।

त्रिविले न्यूनतम ३६ जनाको कोटा निर्धारण गरेपनि क्याम्पसमा पर्याप्त पूर्वाधार र विद्यार्थीहरुको मागका कारणले अहिले यो कोटालाई बढाएर १०८ पुर्‍याई तीन समूहमा अध्ययन अध्यापन भइरहेको छ ।त्रिविको पाठ्यक्रम अनुसार बीआईटीमा सूचना प्रविधि बाहेकका अर्थशास्त्र तथा समाजशास्त्रजस्ता कोर्सहरु पनि समेटिएको छ । प्रत्येक सेमेस्टरको क्रेडिट आवर १५ घण्टा रहेको छ । अन्तिम सेमेस्टरमा विद्यार्थीका लागि इन्टर्नशिपको व्यवस्था पनि गरिएको छ भने ८ सेमेस्टरमा केही इलेक्टिभ कोर्सहरु पनि समावेश गरिएका छन् ।

याे काेर्ष त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ६ वटा आङ्गिक तथा निजी कलेजहरु पाटन मल्टिपल कलेज ललितपुर, महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस मोरङ, विरेन्द्र मल्टिपल क्याम्पस चितवन, महेन्द्र मल्टिपल क्याम्पस बाँके र सिद्धनाथ साइन्स क्याम्पस कञ्चनपुरमा यो शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]