०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, फाल्गुण २७, २०७७

काठमाडौं – इन्स्टाग्राम प्रयोगकर्ताका लागि खुशीको खबर छ । नेपाल सहित विश्वि‍का १७० देशमा फेसबुकले इन्स्टाग्राम लाइट सार्वजनिक गरेको छ ।

जुन कम स्पिडको इन्टरनेट तथा डेटामा चलाउन सकिन्छ । यसलाई टुजी तथा थ्रीजी फोनमा समेत सजिलै प्रयोग गर्न सकिन्छ ।हालका लागि इन्स्टाग्राम लाइट एन्ड्रोइड स्मार्टफोनका लागि सार्वजनिक गरिएको हो । यसको साइज जम्मा दुई एमबी मात्र छ ।यदि तपाईंको साथमा थोरै स्पेस भएको सस्तो स्मार्टफोन छ वा हाई स्पिड इन्टरनेट छैन भने इन्स्टाग्राम लाइट प्रयोग गर्न सक्नुहुन्छ । इन्स्टाग्रामको लाइट भर्सन एसिया, ल्याटिन अमेरिका, अफ्रिका सहितका १७० देशमा सार्वजनिक गरिएको हो ।

त्यसो त यी देशहरुमा अझै ठूलो संख्यामा रहेका प्रयोगकर्तासँग स्मार्टफोन छैन, जसमा उच्च गतिको इन्टरनेट चल्न सकोस् । नेपालमै हेर्ने हो भने पनि करिब ४० प्रतिशत मोबाइल प्रयोगकर्तासँग स्मार्टफोन छैन ।यस्तोमा टुजी वा थ्रीजी इन्टरनेट चल्ने मोबाइलहरु नै त्यस्ता प्रयोगकर्ताका भरोसा हुन्छन् । साथै नेपालमा यस्ता धेरै ठाउँ छन्, जहाँ फोरजी त के थ्रीजी पनि राम्रोसँग चल्दैन ।यस्तोमा प्रयोगकर्ताका लागि फेसबुकले यस अघि नै फेसबुक लाइट ल्याइसकेको छ । अब त्यसैमा कम्पनीले आफ्नो अर्को एप इन्स्टाग्रामको पनि लाइट भर्सनमा सार्वजनिक गरेको हो ।

जसलाई तपाईंले कम डेटा खपत हुनेगरी वा स्लो इन्टरनेट भएको अवस्थामा पनि सहजै चलाउन सक्नुहुन्छ । अहिले तपाईं इन्स्टाग्रामको नियमित भर्सन प्रयोग गर्नुहुन्छ भने त्यसका लागि ३० एमबी स्पेस आवश्यक पर्छ ।यदि इन्टरनेट स्पिड राम्रो छैन भने यो भर्सनमा रेस्पोन्स समेत राम्रो पाउन सकिँदैन । अर्थात पेज राम्रोसँग खुल्दैन र फोटो तथा भिडियो राम्रोसँग हेर्न सकिँदेन ।तर यस किसिमको कठिनाइबाट पार पाउन सकिने समाधान अब आइसकेको छ । जसमा प्रयोगकर्ताले स्लो इन्टरनेटमा समेत इन्स्टाग्राम टिभी हर्नुका साथै रिल्स समेत बनाउन र फोटो तथा भिडियो अपलोड गर्न सक्नेछन् ।

इन्स्टाग्राम लाइटमा यसको नियमित भर्सनमा रहेका करिब सबै मुख्य फिचर दिइएको छ । आउँदा दिनमा कम्पनीले विश्वका सबै देशका प्रयोगकर्ताका लागि एन्ड्रोइडका साथै आईओएसमा समेत इन्स्टाग्राम लाइट ल्याउनेछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]