सप्तरी- नेपाल कम्युनिष्ट पार्टी नेकपा सप्तरीको महादेवा गाउँपालिका वडा –१ बल्थिमा अाज अगुवा नेता,कार्यकर्ताहरुको एक बैठकवाट आउँदो कार्तिक २७ गते विहान ११ वजे प्रस्तावित पार्टी वडाकार्यालायमा वडा दशमी,शुभ दिपावली तथा छठ पर्वको शुभ उपलक्ष्यमा शुभकामना तथा चिया पान कार्यक्रम गर्ने निर्णय सहित बैठक सम्पन्न भएको छ ।
सो बैठकलकोे अगुवा नेता,कार्यकर्ताहरु ज्ञात, अज्ञात शहीदप्रति १ मिनोट मौण धारणवाट शुरु भएको बैठकमा अकिमहासंध प्रदेश सदस्य राजाराम यादव,जिस दिपेन्द्र माझी, बासुदेव यादव,प्रेस संगठनका केस देवराम प्रसाद यादव, बलराम साह,जय नारायण यादव,लक्ष्मण यादव,धर्म नारायण यादव,अरबिन्द यादव,धिरेन्द्र यादव,राजेन्द्र गोइत, युवा संध महादेवा गापा संयोजक उमेश यादव,सत्य नारायण ठाकुर,सुर्य नारायण ठाकुर, मो.जिवरील, लगायतको उपस्तिी थियो । कार्यक्रम मुसलिम संगठन सप्तरी संयोजक मो.डोमनको अगुवाईमा बल्थिमा भएकाृ थियो । तयारी बैठक १८ गते मंगलवार बस्ने छन ।