०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

शुक्रबार, फाल्गुण २८, २०७७

हालसम्म कोरोना बीमाको साढे चार अर्ब भन्दा बढी भुक्तानी भएको छ । बीमा समितिले कोरोना बीमा बापत चार अर्ब ६६ करोड ३० लाख भुक्तानी भएको जनाएको छ । यो पछिल्लो तथ्यांक हो ।

८४ हजार ८ सय ७४ वटा दाबी परेको छ । त्यसमा ४८ हजार ६८ वटा दाबीको भुक्तानी भएको छ । कागजात पुरा भएकाहरुले कोरोना बीमा वापत सो रकम भुक्तानी पाएका हुन् । स्विकृत हुने प्रक्रियामा ३ हजार १ सय १२ कागजात रहेका छन् । यस्तै १० हजार ९ सय ४६ वटा दाबी इडिसिडिमा (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा) पेण्डिङ रहेका छन् । यस्तै ४ हजार २ सय ३३ फाइल इडिसिडिमा पठाउँनमा लागि तयारी अवस्थामा राखिएको बीमा समितिले जनाएको छ । ३ हजार ६ सय ३९ वटा दाबी भने प्रक्रिया नपुगेकाले सोको फाइल सम्बन्धित कम्पनीमै फिर्ता पठाइएको समितिले भनेको छ । यता प्रमाणीकरणको प्रक्रियामा १४ हजार ३ सय ५३ वटा दाबीमा फाइल छन् । कोरोना बीमा दाबी रकमको भुक्तानीमा अझै पनि ढिला सुस्ती कायमै रहेको भन्दै बिमितहरुले बीमा कम्पनीहरुको आलोचना गर्दै आएका छन् । तर यता बीमा समितिले भने प्रक्रिया पुगेकाहरुको भुक्तानीमा कुनै ढिला सुस्ती नभएको बताउँदै आएको छ । समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल कोरोना भुक्तानीमा समस्या नभएको दाबी गर्छन् । बरु सरकारी कर्मचारी र सुरक्षाकर्मीको दाबी भुक्तानीमा ढिला भएको तर सर्वसाधारणकोमा ढिला नगरेको उनको भनाइ छ ।

बीमा समिति, निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बिमा कम्पनी मिलेर २०७७ वैशाख ७ गतेबाट सुरु भएको कोरोना बीमाको दाबी भुक्तानी साढे ४ अर्ब नाघेको हो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]