११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, फाल्गुण २९, २०७७

म्यानमारमा सैन्य कु विरुद्ध भएको प्रदर्शन ।म्यानमारमा सैन्य ‘कु’ पछि विरोध प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीमाथि सैन्य सरकारले चरम दमन गरिरहेको छ । यस अवस्थामा संयुक्तराज्य अमेरिकाले म्यानमारका नागरिकलाई आफ्नो मुलुकमा बस्ने अनुमति दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले म्यानमारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको हो । म्यानमार विद्रोह र अशान्ति भइरहेकाले त्यहाँ पैदा भइरहेको मानवीय संकटलाई ध्यानमा दिई अमेरिकामा अस्थायी बसोबासको अनुमति दिन लागिएको बाइडेन क्याबिनेटका डेपुटी सेक्रेटरी अलेजान्द्रो मायोर्कासले बताएका छन् । सरोकारवाला निकायहरुसँग परामर्श गरेर मन्त्रालय सो निर्णयमा पुगेको मायोर्कासको भनाइ छ । यो व्यवस्था मार्च ११ पछि आवतजावत गर्नेहरुलाई लागू हुने निर्णय भएको डेपुटी सेक्रेटरी मायोर्कासले जानकारी दिएका छन् ।

निर्वाचित सरकारलाई अपदस्त गरी गत फेब्रुअरी १ बाट म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि अमेरिकाले त्यसको विरोध गर्दै आएको छ । अमेरिका लगायत युरोपेली युनियनका राष्ट्रहरुले म्यानमारमा प्रजातन्त्र पुनर्बहालीको पक्षमा आवाज उठाइरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]