०५ माघ २०८१, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन पाएको नेपाली सेनाले एक महिनामा ३२ जनाको शव व्यवस्थापन गरेको जनाएको छ । फागुन महिनाभरी सेनाले शव व्यवस्थापन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

सबै भन्दा धेरै शव व्यवस्थापन उपत्यका पृतनाले गरेको निर्देशनालले सार्वजनिक गरेको तथ्यांकले देखाउँद छ । जसमा २१ शव व्यवस्थापन भएको देखिन्छ । पूर्वी पृतनाले एक, मध्य पृतनाले तीन, पशि्चम पृतनाले पाँच, मध्यपशि्चम पृतनाले एक र सुदूर पशि्चम पृतनाले एक गरी जम्मा ३२ शवको व्यवस्थापन गरेको तथ्यांकमा उल्लेख गरिएको छ । शवलाई सेनाले विभिन्न धर्म, संस्कृति तथा परम्परा अनुसार शव व्यवस्थापन गरेको छ । बौद्ध धर्म अनुसार चार र हिन्दु धर्म अनुसार २८ शव व्यवस्थापन भएको देखिन्छ । त्यस्तै शवहरु जमिनमा सात, विद्युतिय, शव दाह गृहमा २१ र चितामा चार शवको व्यवस्थापन भएको निर्देशनालयले जनाएको छ ।

हालसम्म कोरोना भाइरस संक्रमणका कारण तीन हजार १४ जनाले ज्यान गुमाईसकेका छन् । ती सबै जनाको शव व्यवस्थापन सेनाले गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]