११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

भारत प्रशासित कश्मीरका विद्यालय करिव दुई वर्ष पछि पुन: सञ्चालनमा आएका छन्। २०१९ मा विवादित क्षेत्र कश्मीरको स्वायत्तता रद्द भएपछि विद्यालय बन्द गरिएको थियो।

त्यसपछि कोरोना भाइरसका कारण मार्च २०२० देखि विभिन्न चरणमा लागू गरिएकाे लकडाउनसँगै विद्यालय खुल्न सकेका थिएनन्।कोरोना भाइरस संक्रमितको संख्यामा गिरावट आएसँगै विद्यालय पुन: सञ्चालनमा ल्याइएको अलजजिराले जनाएकाे छ। कक्षा १० मा अध्यानरत १६ वर्षीया विद्यार्थी एलेना वसीमले विद्यालय लामो समय बन्द हुँदा मानसिक असर परेको बताएकी छिन्।‘हामी विद्यालयका साथीहरूबाट टाढा थियौं, जसले मानसिक स्वास्थ्यलाई असर गर्यो। कुरा गर्ने कोही नभएकोले हामी निराश भयौं र हाम्रो कक्षा निकै प्रभावित भएको थियो,’ उनले भनिन्।विद्यालमा केही मापदण्ड अपनाइएको छ। विद्यालयमा पहिलेको जस्तै भागदौड गर्न वा अंकमाल गर्न निषेध गरिएको छ। यसका साथै मास्क अनिवार्य गरिएको छ। विद्यार्थीले तापक्रम जाँच्नु पर्नेछ र सामाजिक दूरी कायम गर्नुपर्ने समेत समाचारमा उल्लेख छ।

कश्मीरमा कोरोना भाइरस संक्रमितको संख्या लगातार गिरावट आएको छ। जम्मू–कश्मीरको संघीय प्रशासित इलाकामा महामारी सुरुदेखि लगभग १९ सय ५० भन्दा बढीको मृत्यु भएको छ। हालसम्म यहाँ १ लाख २५ हजार कोरोना संक्रमित छन्। यस क्षेत्रमा हाल ९ सयभन्दा कम सक्रिय संक्रमित रहेको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]