सप्तरी – सप्तरीको राजगढ नगरपालिका वडा न. १ स्थित झुटकी अवस्थित माँ चन्द्रावति मन्दिर स्थानीयबासीहरुल े चन्दा संकल्न गरेका निर्माण गरेका छन ।
नेपाल भारतको ऐतिहासिक एवं धार्मिक स्थलको रुपमा रहेको माँ चन्द्रावति मन्दिरको निर्माण कार्यमा स्थानीयबासीहरु जुटेका छन । ऐतिहासिक उक्त पोखरीको अहिले पनि त्यस आसपासका स्थानीयबासीहरुले बिहान तथा बेलुकाको समयमा आफनो खानामा सो पोखरीको पानी ल्याएर खाना पकाउदै आएका छन ।पछिल्लो पटक उक्त पोखरीको डिलमा अवस्थित माँ चन्द्रावतिको मन्दिर जिणर् रहेको अवस्थामा कहि कतैबाट कुनै आिर्थक सहयोग नपाएपछि स्थानीयबासीहरुले आ आफनै घरबाट चन्दा तथा निर्माण सामग्रीहरु सहयोग गरेर मन्दिरको निर्माण कार्यमा जुटेका छन ।
ऐतिहासिक धार्मिक स्थलको रुपमा रहेको सो पोखरीसँगै मन्दिर निर्माण समेत जनश्रमदानबाट भईरहेको स्थानीय गंगाराम यादावले बताएका छन । स्थानीय समाजसेवि एवं शिक्षक समेत रहेका यादवका अनुसार झण्डै दश लाखको लागतमा निर्माण कार्य थालिएको उक्त माँ चन्दा्रवति मन्दिरको निर्माण कार्यमा सबै जनाले आ आफु खुशि सक्दो सहयोग गरेको बताएका छन ।स्थानीयबासीहरु मध्ये कोही टायल सहित अन्य निर्माण सामग्रीहरु जस्तै सिमेट ,राउड ,गिटी ,वालुवा सहित नगद समेत सहयोग गरेर सो मन्दिरको निर्माण कार्य भईरहेको शिक्षक यादवले बताएका छन । मन्दिरको भौतिक संरचनाका साथै मन्दिरको माथिल्लो भागका साथै भित्रि भाग र टायल्स सम्मको कार्य अन्तिम चरणमा पुगेको तथा सो निर्माण कार्यका लागि स्थानीयबासीहरुले आ आफु खुशि तरीकाबाट आर्थिक सहयोग गर्दै आइरहेको राजगढ गाउँपालिका वडा न. १ का वडाअध्यक्ष नारायण यादवले जानकारी दिएका छन ।
हाल सो मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको तथा चाडै नै मन्दिर निर्माण कार्य सम्पन्न गनर्जे लक्ष्य रहेको निर्माण समितिका अध्यक्ष समेत रहेका यादवको भनाई छ ।यता अगामी नया वर्षमा सो पोखरीमा ठुलो भव्य मेला समेत प्रत्येक वर्ष झै यस वर्ष पनि संचालन हुने स्थानीयबासीहरुको भनाई छ ।
यसअघि माँ चन्द्रावति नामबाट मिथिलान्चलका सुप्रसिद्ध गायक सन्नु कुमारको सुमधुर स्वरमा माँ चन्द्रावति भन्ने अडियो गित समेत स्थानीयहरुले सार्वजनिक गरेका छन ।