११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जे गरेर भए पनि केपी ओलीलाई हटाउन लागिएको बताएका छन् ।

सिन्धुलीमा भएको एक कार्यक्रममा बिहीबार बिहान उनले यस्तो बताएका हुन् ।तर उनलाई हट्न नदिन संसारभरका शक्ति लागेको बताए । तर पनि केहीदिनमा नै नयाँ सरकार बन्ने बताए ।“जे गरेर भए पनि केपीलाई हटाउन लागिएको छ,” दाहालले भने, “एकातिर केपी अर्कोतिर हामी भएका छौँ । हाम्रो पछि जनता छन् केपीका पछाडि प्रतिक्रियावादी छन् । तत्काल जसरी पनि केपी हटाउने हो । हिजो केपीको कदमलाई असंवैधानिक भन्नेहरुबीच एकता गरेर केपी हटाउने हो । काठमाडौं पुग्नेबित्तिकै गर्ने काम त्यही हो । यो हुन नदिन ठूला शक्ति लागेका छन् । संसारभरका ठूला शक्ति लागेका छन् । मैले उनीहरुलाई भनेअनुसार गरिनँ । मैले संविधान जारी नगर भन्दा मानिनँ त्यही भएर उनीहरुले मलाई रुचाएका छैनन् ।”

दाहालले नेकपा एमालेमै रहेका मन्त्रीहरुप्रति आक्रोश व्यक्त गरेका छन् । सिध्दिइसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएको उनको टिप्पणी थियो ।
“केपी ओलीलाई चिन्न गल्ती भयो । फटाहा जाली झेली रहेछन्,” दाहालले सिन्धुलीमा आयोजित एक कार्यक्रममा बिहीबार बिहान भने, “केपी ओलीको मनभित्र पस्न सकिएन । पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पु¥याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ । आएर रोएपछि मन्त्रीमा पठाएँ ।

अहिले महंगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्धारलाई लौ गृह मन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]