०९ मंसिर २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य सुरु भएको छ ।

यही चैत २८ गते साँझबाट सुरु गरिने यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ (पाँचतल्ले) मन्दिर प्रांगणमा भैल खः बनाउन सुरु गरिएको हो । भैल खः करिब ३० फिट अग्लो तीनतले प्यागोडा शैलीको हुने गर्छ ।गत वर्ष कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण जात्रालाई औपचारिक पूजामा सीमित गरिएको थियो । भैल खः निर्माण हुँदै गर्दा कोरोना महामारी र यसको नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएपछि भैल खः निर्माण बीचमै रोकिएको थियो । यो वर्ष जात्रालाई थप व्यवस्थित, भव्य र सभ्य बनाउन समयमै भैल खः निर्माण थालिएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आन्नदप्रसाद कर्माचार्यले जानकारी दिए । उनले भने, “गएको वर्ष कोरोनाको महामारीले जात्रालाई औपचारिक पूजाआजामा सीमित गरेका थियौँ, यो वर्ष जात्रालाई विधिवत् रूपमा सञ्चालन गर्न समयमै सबै कार्य सम्पन्न गर्न अहिले नै रथ निर्माणकार्य अगाडि बढाइएको हो ।”

अहिले भक्तपुरको टौमढीमा दैनिक आधा दर्जनभन्दा बढी सिकर्मी भैल खः निर्माण गर्ने कार्यसम्पादनमा व्यस्त छन् । रथको अगाडि बेताल देवता विराजमान गराउने बेतसिं बनाउने कार्य सम्पन्न भइसकेको छ । भैल खः बनाउने नाइके पे्रमलाल शिल्पकारले यस वर्ष भैल खःको पांग्रा, गल, पोल्ह (छाना) तथा बाहिर देखिने अधिकांश सामान नयाँ हुने बताए । भैल खःको बाहिरी ढाँचा चैत १२ गतेसम्म तयार गर्ने लक्ष्य रहेको उनले बताए । भैल खः बनाउँदा फलामको किला प्रयोग नहुने र परम्परागत शैलीमा काठको चुकुल मात्र प्रयोग गरिन्छ ।भैल खः निर्माण र बिस्काः जात्राका लागि आवश्यक सम्पूर्ण सामग्री यसै साता आइपुग्ने गुठी संस्थान प्रमुख कर्माचार्यले जानकारी दिए । “जात्राका लागि सबै आवश्यक काठका साथै लिंगो ठड्याउने काठसमेत यही सातामै ल्याउने तयारी पूरा भइसकेको छ,” उनले भने । यो वर्ष गत वर्षको काठका साथसाथै नयाँ काठको पनि प्रयोग हुने उनले बताए । “यो वर्ष करिब ४० प्रतिशत नयाँ काठ प्रयोग हुनेछ,” उनले भने ।

भक्तपुरमा बिस्काः जात्रा नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइन्छ । विक्रम संवत्को नयाँ वर्ष सुरु हुनु चार दिनअघि साँझ भैल खः तानेर बिस्काः जात्रा सुरु गरिन्छ । यो वर्ष चैत २८ गते भक्तपुरमा बिस्काः जात्रा सुरु हुनेछ । चैत महिना ३० को छ भने २७ गते र ३१ को छ भने २८ गते रथ तान्ने प्रचलन छ । बिस्काः जात्रा नयाँ वर्षको वैशाख ५ गते सम्पन्न हुन्छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]