०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

सप्तरी – भिडियो अपलोड र विज्ञापनबाट आएको रकम (एड रेभेन्यु) प्राप्त गर्ने प्रक्रियालाई सजिलो बनाउन युट्युबले ‘चेक्स ’ नामको नयाँ टुल सार्वजनिक गरेको छ ।

याे टुलले भिडियो अपलोड गर्नुअघि त्यसमा कपिराइट सामग्री छन् वा छैनन् र त्यसले विज्ञापन निर्देशिका अवलम्बन गरेको छ कि छैन भन्ने कुरा कन्टेन्ट क्रिएटरलाई बताउँछ ।यसअघिसम्म क्रिएटरहरुले बिना कुनै चेतावनी भिडियो अपलोड गर्दथे । अहिलेको नयाँ फिचरले कन्टेन्ट क्रिएटरलाई कपीराइट सामग्री अपलोड गर्न सुझाव दिन्छ । ताकि कपीराइट प्राप्त व्यक्तिले भिडियोको एड रेभिन्यु निर्विवाद दाबी गर्न सकुन् ।नयाँ टुलको माध्यमबाट युट्युब कपीराइट र निर्देशिका कमजोरीका कारण क्रिएटरहरुले कमाउने ‘यल्लो आइकन’ लाई घटाउन चाहन्छन् ।

यो नयाँ सिस्टम कन्टेन्ट आईडीमा आधारित हुने कम्पनीले बताएको छ । यदि युट्युबको कपीराइट पहिचान गर्ने सिस्टमले भिडियो स्क्यान गर्दा नियम उल्लंघन भएको फेला पारेमा उक्त भिडियोमा स्वत: वास्तविक कपिराइट होल्डरको अधिकार लाग्नेछ । परिणामस्वरुप भिडियो पूर्णरुपमा ब्लक हुन्छ वा त वास्तविक कपीराइट होल्डरले त्यसलाई मनिटाइज गर्न पाउँछ । चाहे त्यो अरुको च्यानलमा नै किन नहोस् ।यदि क्रिएटरको भिडियोको कन्टेन्ट अर्को व्यक्तिको कपिराइटसँग मिलेको पाइयो भने त्यस्तो भिडियो अपलोड गर्ने युट्युबरले कम्पनीबाट नोटिस पाउँछ, जहाँ भिडियो अपलोड गर्नुअघि कपीराइट भएको हिस्सालाई हटाउन चेतावनी दिइन्छ ।

यसरी कुनै पनि भिडियोले कपीराइट मामिलामा नफसी नै त्यसको एड रेभिन्युलाई दाबी गर्न पाउँछ । जसबाट क्रिएटरले कमाउने समग्र एड रेभिन्युमा नै यसले राम्रो प्रभाव पार्ने युट्युबको अपेक्षा छयदि क्रिएटरले केही गलत नगरी पनि कपीराइट भएको आरोप लाग्यो भने के गर्न सकिन्छ त ? यस्तो बेला भिडियो अपलोड गर्नुअघि उक्त आरोपको खण्डन गरेर आफ्नो तर्क प्रमाण पेश गर्ने युट्युबले क्रिएटरलाई व्यवस्था मिलाएको छ ।कपीराइट क्लेम प्रक्रिया केही दिन चल्ने हुँदा युट्युबरले उक्त मामिला समाधान नभएसम्म भिडियो अपलोडको समय कुर्नसक्छन् । अन्यथा अन्तिम परिणाम आउनुअघि नै भिडियो सार्वजनिक समेत गर्न सक्छन् ।

अन्तिममा क्रिएटरले कपीराइट चोरी नगरेको परिणाम आएमा विज्ञापनको पैसा सोही क्रिएटरले पाउँछन् । तर यदि कपीराइट क्लेम सही भएको ठहर भएमा पैसा कपीराइट होल्डरले नै पाउँछन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]