सप्तरी – कञ्चनरुप नगरपालिका-५ मा जनमत पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।
भोली शुक्रबार गर्ने भनिएको ऐतिहासिक वडा अधिवेशनका लागि कञ्चनरुप नगरपालिका-५ मा पार्टीका नेता तथा कार्यकर्ताहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।घरदैलो कार्यक्रममा युवा नेता शिवनन्दन कुशवाहा, नगरसंयोजक अनिल पंजियार, आदिवासी जनजाती जनमत संघको युवा नेता पिंकु मण्डल, डिप्लोमा इन्जीनियर जनमत संघको केन्द्रीय संयोजक मुकेश मैरता र स्थानिय नविन सिंह लगायतको उपस्थिती रहेको थियो ।
यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराइदिनका लागि वडाका स्थानियहरुमा जनमत पार्टी कञ्चनरुप नगरपालिकाले अनुरोध गरेको छ ।