०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

काठमाडौँ – माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले नेतृत्व गरेको नेकपा एमालेले देशभर समानान्तर गतिविधि अघि बढाउने निर्णय अनुसार आफ्ना गतिविधि तीव्र बनाएको छ ।

सर्वोच्च अदालतको फैसलापछि पार्टी अध्यक्ष केपी शर्मा ओली एकलौटी निर्णय गर्दै अघि बढेपछि आक्रोशित माधव–झलनाथ पक्षले बिहीबारमात्रै २ दिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरि १७ बुँदे प्रस्ताव पारित गरेको थियो ।भेलाबाट पारित प्रस्तावअनुसार सो पक्ष शुक्रबारबाटै देशभर जनवर्गीय संगठनहरुको समानान्तर भेलामार्फत नेतृत्व छनोट गर्ने तयारी गरेको हो । सोही क्रममा शुक्रबार अखिल नेपाल महिला संघको राष्ट्रिय भेला डाकिएको छ भने शनिबार युवा र १० चैतमा विद्यार्थीहरुको भेला डाकेको छ ।

काठमाडौँको कालीमाटीस्थित एक पार्टी प्यालेसमा बोलाइएको महिला भेलाले नयाँ नेतृत्व चयन गर्नेछ । यसअघि गत फागुन २८ गते अध्यक्ष केपी शर्मा ओली पक्षले महिला भेला बोलाएको थियो ।

नेतृत्वका लागि दौडधूप ;
जनवर्गीय संगठनको समानान्तर कमिटि गठन गर्ने भएपछि यो पक्षमा नेतृत्वका लागि दौडधूप चलेको छ । त्यसका लागि आकाङ्क्षीहरुले आफु निकटका नेताहरुलाई आफ्नो पक्षमा माहोल खडा गर्न दवाव दिन थालेको बुझिएको छ ।

माधव पक्षले महिला संगठनको अध्यक्षमा शान्ति अधिकारी र दुर्गाजयन्ती राईमध्ये एकलाई अघि सार्ने भएको छ । भेलाबाट छलफल गरेर नेतृत्व चयन गरिने स्थायी समिति सदस्य समेत रहेकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । ‘भेलाबाट टुङ्गो लाग्छ । अहिले नै यो भनेर भन्न सकिन्न’, शाक्यको भनाइ छ । ओली पक्षबाट भने अनेमसंघको नेतृत्व राधा ज्ञवालीले पाएकी छन् । यसैगरी युवा संघमा ओलीले पक्षले गत माघ अन्तिम सातामात्रै भेला गरेर बचनबहादुर सिंहलाई अध्यक्ष चयन गरेको थियो । त्यसैगरी एमाले निकट अनेरास्ववियूका सुदेश पराजुली र आरती लामामध्ये एकलाई अध्यक्ष बनाउने सम्भावना रहेको छ ।

माधव पक्षबाट युवा संघको नेतृत्व भने नरेश शाहीको जिम्मामा जाने निश्चित जस्तै भएको सो पक्षका युवाहरूबीच चलेको छ । शाही युवासंघका महासचिव समेत हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]