काठमाडौँ – नेकपा एमालेको विवाद भ्रातृ संस्थाहरुमा पनि देखिएको छ । झलनाथ खनाल-माधवकुमार नेपालनिकट युवाहरुले भेला गर्ने बताएका हुन् ।
शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गते भोलि राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो । राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको उनले बताए । शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृसंगठनका कमिटीहरुमा त्यसको प्रभाव परेको बताए ।
अदालतको निर्णयले पाटी र भातृसंगठनलाई ३ जेठ २०७५ भन्दा अगाडि पुर्याएको उनको भनाइ छ ।