०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

काठमाडौं – कोरोना परीक्षणमा नेपाल सरकारले निर्धारण गरेभन्दा बढी शुल्क लिने दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालय चितवनले मुद्दा चलाएको छ ।

कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र स्टार अस्पताल सानेपालाई कोरोना परीक्षणका क्रममा तोकिएभन्दा बढी पिसिआर शुल्क लिएको भन्दै मुद्दा चलाइएको हो । पुरानो मेडिकल कलेजलाई १८ लाख र स्टार अस्पताललाई ५ लाख रुपैयां धरौटी माग गरिएको थियो । ती अस्पतालका प्रतिनिधि धरौटी जम्मा गरी तारेखमा रिहा भएका छन् । पुरानो मेडिकल कलेजले संकलन गरेको नमुना स्टार अस्पताल पठाउने गरेको थियो । सरकारले पिसिआर शुल्क २ हजार रुपैया“ तोकेकामा ती अस्पतालले ३ हजार शुल्क लिएपछि प्रशासनले कारवाही गरेको हो ।

ती दुई अस्पतालविरुद्ध मुद्दा पेश गरिएको छ । नमूना परीक्षण गरेका आधारमा धरौटी माग गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रमलाल लामिछानेले बताए । प्रमाणसहितको गुनासोपछि गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा दोषी देखिएपछि प्रशासन कार्यालयले कारवाही गरेको हो । उनीहरूलाई कालोबजारी तथा केही सामाजिक अपराध र सजाय ऐन, २०३२ अनुसार मुद्दा दर्ता गरेर कारवाही सुरु गरिएको प्रजिअ लामिछानेले बताए ।बयानका क्रममा दुवै अस्पतालका सञ्चालकले बढी शुल्क लिएको स्वीकार गरेको प्रशासनले जनाएको छ । उनीहरुलाई मुद्दा पुर्पक्षका लागि थुनछेक आदेशपछि धरौटी निर्धारण गरिएको हो ।

यसअघि प्रशासनले बढी रकम लिएको भन्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई समेत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]