१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीका नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल हटाउनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटर मार्फत सत्ता समीकरण गर्ने वा को बाट तत्काल बढी लाभ लिने भन्दा पनि ओलीलाई हटाउने पर्ने बताएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र देशका लागि ओली घातक रहेको पनि बताएका छन् । ओलीलाई प्रधानमन्त्री पदबाट हटाएपछि मात्रै अरु कुराको समाधान निस्कने उनको भनाई छ । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका भट्टराईले ओलीलाई पदबाट हटाउने विषयमा गल्ती र ढिलाई गर्न नहुने पनि बताए ।उनले लेखेका छन्, ‘ऐलेको यक्ष प्रश्न को सँग सत्ता समीकरण गर्ने वा को बाट तत्काल बढी लाभ लिने भन्ने हुँदै होइन ।

अपितु अधुरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्ग प्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो’ भट्टराईले लेखेका छन्, ‘अगाडि आएको बाघलाई पहिले लघारौ । पछाडिका स्यालहरूसँग लड्दै गरौँला । कुनै गल्ती नगरौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]