२० पौष २०८१, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०८, २०७७

काठमाडौं- त्रिभुवन आर्मी फुटबल क्लबले एएफसी कपको प्लेअफको खेल आफ्नै घरेलु मैदानमा खेल्ने भएको छ। आर्मीले दशरथ रंगशालामा चैत २५ गते श्रीलंका पुलिससँग खेल्ने भएको हो।

एएफसीले यसअघि नै खेल तालिका सार्वजनिक गरेपनि खेल हुने स्थान भने तोकेको थिएन। अब एएफसीले जारी गरेको खेल स्थानअनुसार आर्मीले आफ्नै मैदानमा श्रीलंका पुलिससँग खेल्ने भएको हो। एएफसी कपमा पुग्नको लागि यो प्लेअफ खेल हो। आर्मी फुटबल क्लब र श्रीलंकाको पुलिसबीचको विजेताले वैशाख १ गते भारतको बैंगलुरु फुटबल क्लबसँग खेल्नेछ।

बैंगलुरुविरुद्धको खेल भने भारतको गोवास्थित जीएमसी रंगशालामा वैशाख १ गते हुनेछ। आर्मी तथा श्रीलंका पुलिसमध्ये एक र बैंगलुरुबीचको विजेताले वैशाख ८ गते प्लेअफको फाइनलमा खेल्नेछ।प्लेअफकै अर्को पोलमा माल्दिभ्सको क्लब इगल्स र भुटानको थिम्पु सिटीबीचको विजेताले बंगलादेशको अबहानी लिमिटेड ढाकासँग खेल्नेछ। यी टिमबीचको विजेताले भारतको बैंगलुरु, नेपालको आर्मी र श्रीलंकाको पुलिस क्लबसँग प्लेअफको फाइनलमा खेल्नेछ।

प्लेअफको विजेताले एएफसी कपको समूह ‘डी’ मा स्थान बनाउने छ। २०७६ सालमा भएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आर्मी उपविजेता बनेको थियो। पहिलो पटक विजेता बनेको मछिन्द्र क्लबले एएफसी कप खेल्नु पर्ने हो। तर, एएफसी क्लब लाइसेन्स मछिन्द्र क्लबसँग छैन।

केही महिनाअघि नेपाली क्लबले एएफसी लाइसेन्सको आवेदन दिएपनि एएफसीले मापदण्ड नपुगेको भन्दै लाइसेन्स दिन नेपालका १३ वटा क्लबलाई अस्वीकार गरेको थियो। तर, आर्मी क्लबले भने थप सुधार गर्दै एएफसी क्लब लाइसेन्सका लागि पुनः आवेदन दिएको थियो। त्यसपछि भने एएफसीले आर्मीलाई क्लब लाइसेन्सको मान्यता दिएको थियो। एएफसी क्लब लाइसेन्स पाएसँगै मछिन्द्रको सट्टा आर्मीले एएफसी कप खेल्न लागेको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]