काठमाडौं – संरक्षित वन्युजन्तुको आखेटोपहारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
रामेछापको उमाकुण्ड गाउँपालिका–४ बलखीका ३० वर्षीय सोमबहादुर तामाङलाई प्रहरीले बुधबार भक्तपुरको सूर्यविनायक नगरपालिका–८ इटबु सिपाडोलबाट पक्राउ गरेको हो ।प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)बाट खटिएको टोलीले चितुवाको जस्तो आखेटोपहार (छाला) अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा उनलाई पक्राउ गरेको जनाइएको छ ।
पक्राउ परेका सोमबहादुरलाई कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय भत्तःपुरमा पठाइएको प्रहरीले जनाएको छ ।