सप्तरी – नेपालका लागि बंगलादेशी राजदूत सलाहुद्धीन नोमन चौधरी बुधबार काठमाडौं आइपुग्ने भएका छन् । केही हप्ता पहिले बंगलादेश सरकारले उनलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो ।
उनी चार्टर्ड विमानमार्फत काठमाडौ ओेर्लने कार्यक्रम रहेको छ । काठमाडौँ आएपछि १४ दिन क्वारेन्टिनमा बसेर उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाउने कार्यक्रम रहेको छ । काठमाडौं आउनुअघि यसै हप्ता उनले राष्ट्रपति अब्दुल हमिदसँग भेटघाट गरेका थिए ।