सप्तरी – सप्तरी प्रहरीले भारतबाट भन्सार छलि गरी नेपाल भित्रियाइएको एलिबेस्टर (घरमा छाना लगाउने सामग्री) र एलिबेस्टर ल्याउन प्रयोग गरिएको बैलगाडासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
गस्तीमा खटिएको ईलाका प्रहरी कार्यालय बोदे बरसाईनका प्रहरी नायव निरिक्षक अरुणकुमार सिंह नेतृत्वको टोलीले बोदे बरसाईन नगरपालिका वडा न.–६ खमगडा मलहनियाँबाट लाखौंको अवेध सामग्रीसहित भारतीय नागरिकलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भारतकाे बिहार राज्य मधुबनी जिल्लाकाे बालुवा निवासी ७० वर्षीय रामबिलास साह रहेका छन् ।
यता साहसहित भन्सार छलि गरी ल्याएको डेढ लाख रुपैयाँ बराबरको सामग्री आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालय तिलाठि पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।