१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र १४, २०७७

काठमाडौँ – वायु प्रदूषणका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक तथा बाह्य उडान एवम् अवतरण प्रभावित भएको छ।

विमानको उडान–अवतरणका लागि कम्तीमा १६ सय मिटर भिजिबिलिटी हुनु पर्ने भए पनि एक हजार मिटर मात्रै हुँदा शनिबार बिहानैदेखि उडान प्रभावित रहेको त्रिभूवन विमानस्थलले जनाएको छ।सामान्य अवस्थामा बिहान ६ बजेदेखि नै उडान तथा अवरण हुने गरेकोमा शनिबार विमानस्थल ठप्प छ। अहिले नै यो समयमा उडान–अवतरण सुरु हुन्छ भन्न सकिने अवस्था नरहेको र आफूहरुले भिजिबिलिटी निगरानी गरिरहेको त्रिभूवन विमास्थलका अधिकारीले बताएका छन्।

भिजिबिलिटी नहुँदा मेलसियाको क्वालालम्बपुरबाट आएको हिमायलन एअरलायन्सको जहाज भारतको बनारस डाइभर्ट भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।यस्तै मलेसियाबाट आएको नेपाल एअरलायन्स र दुबईबाट आएको हिलमायलन एअरलायन्सको विमान अहिले आकाशमा होल्ड रहेको उनले बताए।उनका अनुसार शुक्रबार आन्तरिक तर्फ कुल २२ वटा उडान रद्द भएको थियो। यस्तै हङकङबाट आएको कासा एअरको विमान शुक्रबार बेलुका दिल्ली डाइभर्ट भएर पुनः हङकङ नै फर्किएको थियो।

यस्तै फ्लाइ दुबईको जहाज शुक्रबार राति लखनऊ डाइभर्ट भएको केसीले बताए। शुक्रबार दिउँसोदेखि काठमाडौँको वायुमा धुँवा मिसिँदा धुम्मिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]