प्रदर्शनका नाममा सडकमा निस्किए गोली हान्ने चेतावनी म्यानमारको सेनाले दिएको छ ।
शनिबार सैनिक दिवसका अवशरमा वृहत प्रदर्शन गर्ने आन्दोलनकारीहरुको घोषणा पश्चात सेनाले सडकमा निस्किए टाउको वा ढाडमा गोली हान्ने चेतावनी दिएको छ। हिजो प्रदर्शनको क्रममा सेनाको गोली लागेर शुक्रवार थप चार जनाको मृत्यु भएसँगै म्यानमारमा मृत्यु हुनेको संख्या ३२० पुगेको छ।
गत माघ १९ गते सेनाले आङ सान सूकीको निर्वाचित सरकारविरुद्ध ‘कू’ गरेपछि दैनिक सैन्य सरकारविरुद्ध आन्दोलन भइरहेको छ।