म्यानमारमा सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर ११४ जनाको मृत्यु भएको छ ।
शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागेर चारजना बालबालिकासहित ११४ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।
शनिबार त्यहाँका विभिन्न ४० स्थानमा ठूला प्रदर्शन भएका थिए । फेब्रुअरी १ मा त्यहाँ सैन्य कू भएको थियो ।