१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र १५, २०७७

विराटनगर – मोरङका सीमावर्ती नाकाबाट भरियाका रुपमा बालबालिकाको प्रयोग गरेर कानुनद्धारा बर्जित लागुऔषधको ओसारपसार हुने गरेको पाइएको छ ।

भारतको जोगवनी बजारबाट लागुऔषध लिएर आउँदै गर्दा दुई बालक पक्राउ परेपछि कारोबार एवं ओसारपसारको नयाँ धन्दा बाहिर आएको हो । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापा नेतृत्वको टोलीले लागुऔषध ओसारपसारमा दुई बालकलाई प्रयोग गर्दै आएका एक भारतीय नागरिकलाई पनि नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत अररीया वैजनाथपुरका २३ वर्षीय दिलिपकुमार साह रहेका छन् ।

साहले विराटनगर महानगरपालिका–१८ का ११ र १३ वर्षीय दुई बालकलाई लागुऔषध बोक्ने भरियाका रुपमा प्रयोग गरेको पुष्टि भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । बालकहरु एउटै परिवारका दाजु–भाइ हुन् । उनका अनुसार भारतबाट लागुऔषध लिएर आउँदै गरेको अवस्थामा विराटनगर–१८ भेडियारीदेखि उनीहरु पक्राउ परेका हुन् । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेका साह लामो समयदेखि लागुऔषधको ओसारपसार र कारोबारमा संलग्न रहेको पत्ता लागेको छ । भारतमा डिलर नै चलाउँदै आएका उनले नेपालतिर लागुऔषध ‘सप्लाई’ गर्नु पर्दा भने बालबालिकालाई भरियाका रुपमा प्रयोग गरिरहेको खुलेको राईले बताए ।

कोरोना महामारीको दोस्रो लहरका कारण सरकारले सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । कोरोना नियन्त्रणका लागि गत वर्ष चैत ११ गतेबाट नेपाल–भारत आवतजावत बन्द गर्दै दुई देशीय नाका सिल गरिएको थियो । नाका बन्द अहिले पनि यथावत छ । बरु कोरोनाको नयाँ लहर सुरु भएपछि नाकामा सुरक्षाकर्मी परिचालन गरेर थप कडाइ गर्न थालिएको छ । यस्तो अवस्थामा पनि सुरक्षाकर्मीलाई छल्ने प्रयास गर्दै भारतबाट नेपालतिर लागुऔषध भने ‘सप्लाई’ भइरहेको पुष्टि भएको डीएसपी राईले बताए । उनका अनुसार विगतदेखि नै लागुऔषधको धन्दा चलाइरहेका साहले सुरक्षाकर्मीलाई छल्नका लागि बालबालिकाको प्रयोग गरिरहेको खुलेको छ ।

प्रहरीले जाली झोलाभित्र हालेर ल्याउँदै गरेको अवस्थामा ठूलो परिणामको लागुऔषध पनि नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार पक्राउ परेका बालकहरुले बोकेको झोलाबाट डाइजेपाम, फेनारगन र नुफिन गरेर पाँच सय ७० एम्पुल लागुऔषध बरामद भएको छ । दुई देशबीच आवतजावत गर्दा सुरक्षाकर्मीले पनि वास्ता नगर्ने भएका कारण कारोबारीले भरियाका रुपमा बालबालिकाको प्रयोग गरेको पाइएको खड्काको भनाइ छ । ‘पैदल नै रहेका बालकहरु झोला बोकेर शंकास्पद हिसाबले नेपालतिर छिर्दै थिए,’ उनले भने, ‘नियन्त्रणमा लिएर खानतलासी गर्दा लागुऔषध फेला प¥यो ।’ प्रहरी नियन्त्रणमा रहेका दुवै बालकले पैसा दिन्छु भनेपछि आफूहरुले लोभमा परेर झोला नेपालसम्म ल्याइदिने काम मात्रै गरेको बताएका छन् । उनीहरुले दिएको सूचनाका आधारमा प्रहरीले नेपाल छिरेका बेला साहलाई पनि पक्राउ गरेको हो ।

‘पैसाको प्रलोभन देखाउँदै लागुऔषधले भरिएको झोला विराटनगरसम्म पु¥याउन बालकहरुलाई लगाएको पाइयो,’ एसपी खड्काले भने, ‘झोला ल्याइदिएवापत कति पैसा दिने तयारी थियो भन्ने चैँ खुल्न बाँकी छ ।’ प्रहरीका अनुसार पक्राउ परेका बालकहरुको पारिवारिक आर्थिक अवस्था कमजोर छ । आर्थिक अवस्था कमजोर भएका कारण पैसाको प्रलोभन देखाएर उनीहरुलाई अवैध धन्दामा प्रयोग गर्ने गरेको पुष्टि भएको जानकारी खड्काले दिए । पक्राउ परेका तीनै जनाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन प्रहरीले आइतबार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको छ ।

बालकहरलाई भने बाल निगरानी कक्षमा राखेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]