सप्तरी – सप्तरीको छिन्नमस्ता गाउँपालिकामा एक नवजात शिशु वेवारिसे अवस्थामा फेला परेको छ।
जिल्लाकाे छिन्नमस्ता गाउँपालिका वडा न. -३ स्थित सखडा र गोविन्दपुर गाउँको बीचमा रहेको नहरको मुनी भर्खरै जन्मिएको शिशु जीवितै फेला परेको हाे ।
वेवारिसे अवस्थामा उक्त शिशुलाई स्थानीयवासीबासिहरुले देखेर खबर गरेपछि प्रहरी र जनप्रतिनिधि पुगेर उद्धार गरी स्वास्थ्य चौकी सखडामा उपचारका लागि भर्ना गराएका छन्।
नवजात शिशुको शरीरभरी रातो कमिलाहरुले टोकिरहेको अवस्थामा स्वास्थ्य चौकी ल्याइएको र प्राथमिक स्वास्थ्य जाँच र उपचार गरिएको स्वास्थ्य चौकी सखडाले जनाएको छ।
शिशुको स्वास्थ्य अवस्था सुधारोन्मुख भएको जानकारी दिँनुहुदे स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेव अजयकुमार झाले थप उपचार र हेरविचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अन्चल अस्पताल पठाइएको बताउनुभयाे ।
शिशुको आमा-बुवाको भने प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय सखडाका सई विन्देश्वरप्रसाद यादवले जानकारि दिनुभयाे । यता साे घटनाकाे सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।