जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार हुन थालेकाले प्राप्त उपलव्धी गुम्ने हो कि भन्ने चिन्ता बढेको बताएका छन् ।
मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले नेपाली जनताले पटक पटक आन्दोलन गर्ने तर प्राप्त उपलव्धी जोगाउन नसक्ने नियति भोगि रहनुपरेको बताए ।‘हामी आन्दोलन पनि गर्छौ, परिवर्तन पनि गर्छौ तर त्यसलाई जोगाउन सक्दैनौ’, अध्यक्ष यादवले भने, ‘अहिलेसम्मका आन्दोलनको सवैभन्दा ठुलो उपलव्धी नेपाल संघीय लोकतान्त्रिक गणतन्त्र हुनु हो । यसभित्र नै समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रता लगायतका मानिसका आधारभूत अधिकारको प्रयोग र उपयोगको व्यवस्था छ ।’
तर उनले यिनै अधिकार दिने व्यवस्था खतरामा परेको हो की भन्ने चिन्ता बढ्न थालेको बताए । ‘अहिले कताकता संघीयतामाथि नै प्रहार हुन थालेको आभास हुन थालेको छ’, यादवले भने, ‘प्रदेशहरूमा कानुन नबनाउनु, भएका पनि कार्यन्वयन नहुनुले स्वभाविक चिन्ता बढेको छ ।’ उनले प्रधानमन्त्री ओलीले देखाउदै भने, ‘प्रधानमन्त्री ज्यु यही हुनुहुन्छ उहाँकै पालमा संघीय संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल नलेख्न भनियो त्यसैले गणतन्त्र फेरी धरापमा पर्ने हो की भन्ने आशंका चारैतिरबाट उठेको छ ।’
यादवले आजपनि राष्ट्रिय एकताको आवश्यकता रहेको भन्दै त्यसबाट मात्रै राष्ट्रिय समस्या समाधान गर्न सकिने धारणा राखे ।