बलिउड अभिनेत्री फातिमा सना शेखलाई कोरोना संक्रमण भएको छ। उनले आफ्नो इन्स्टाग्राममा एक स्टोरी सेयर गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन्।
‘मेरो कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ। अहिले सबै सावधानी पालना गरेर घरमै क्वारेन्टाइनमा छु,’उनले लेखेकी छन्।