मुम्बई – महाराष्ट्रको नासिकमा प्रहरीले कोरोना संक्रमण रोक्ने प्रयासमा एउटा नयाँ तरिका निकालेको छ ।
प्रहरीले शहरका भिडभाड हुने स्थान तथा सपिङ मलहरुमा प्रवेश गर्ने व्यक्तिहरुलाई एक घण्टा भन्दा बढी बसेको पाइएमा पाँच सय भारतीय रुपैयाँ जरिवाना तिराउन थालेको छ ।नासिक प्रहरी कमिश्नर दीपक पाण्डे भन्छन् –‘जो व्यक्ति बजारका शपिङ मल अथवा भीडभाड भएको स्थानमा जान्छन्, उनीहरुले सबैभन्दा पहिला पाँच रुयैयाँका प्रवेश शुल्कसहितको टिकट लिनु पर्नेछ । त्यहाँ उनीहरुका लागि एक घण्टासम्म मात्र भ्यालिड हुनेछ । यदि कोहि एक घण्टा भन्दा बढि समय बजारमा रहन्छ भने उनीहरुले पाँच सय भारतीय रुपैयाँ जरिवाना तिर्नु पर्छ ।’प्रहरीका अनुसार यस प्रकारले नासिक बजारमा भीड नियन्त्रण गर्न सहयोग पुग्ने छ र कोरोना बढ्नबाट रोक्न सकिन्छ ।
मानिसहरु अत्यावश्यक नभइकन घरबाट बाहिर निस्कने छैनन् र जरिवाना तिर्नु पर्ने भएपछि छिट्टै घर फर्किन्छन् भन्ने विश्वास प्रहीको छ ।