०६ आश्विन २०८१, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र १८, २०७७

सप्तरी – सप्तरीस्थित विसनपुर–बोदे वरसाईन–स्वर्णपट्टी सडक खण्ड बुधवार उद्घाटन सम्पन्न भएको छ ।

राष्ट्रियसभा सदस्य एवं पूर्व मन्त्री मृगेन्द्र कुमार सिंह यादव द्वारा उक्त सडक को उद्घाटन आज बुधबार सम्पन्न भएको हो ।हुलाकी राजमार्गलाई दक्षितमा भारत र उत्तरमा पूर्व पश्चिम राजमार्गसँग जोड्ने योजना अन्तर्गत भारत सरकारको सहयोगमा कुल ६५ करोड ५३ लाख २९ हजार २६३ रुपैयाँ (म्याटसहित) को लागतमा १७ दशमलव २८ किलोमिटरको सडक निर्माण भएको हो ।

बोदे बरसाईन नगरपालिका–९ स्वर्णपट्टिमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी यादवले सडक निर्माणले ग्रामिण क्षेत्र पनि बजार एरियासँग जोडिएको र यसले जनताको दैनिकीमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भारतीय सरकालाई धन्यवाद समेत दिए ।

कार्यक्रममा बोदे बरसाईन नगरपालिका निमित्त प्रशासकीय अधिकृत घनश्याम यादव, परामर्शदाता कम्पनीकोतर्फबाट मनोज कुमार यादव, दिवा निर्माण सेवा कम्पनीका प्रतिनिधि ई. जय कान्त चौधरी, नगर शिक्षा अधिकृत राम सागर यादव, सशस्त्र प्रहरी बल बोरर्ड आउट पोष्टका प्रहरी निरीक्षक उत्सव विष्ट लगायतको उपस्थिति थियो ।

यता खडक नगरपालिकाका मेयर हुमायु हकको प्रमुख अतिथ्यमा बिसनपुर स्थित आयोजित , विसनपुर–बोदे वरसाईन–स्वर्णपट्टी सडक खण्डको उद्घाटन सम्पन्न भएको हो ।उक्त सडक उद्घाटन कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष ,सडक बिभागका कर्मचारी ,युवा -बिधार्थी ,मजदुर ,स्थानीय ब्यापारी,राजनीति कर्मी ,सुरक्षाकर्मी लगायतका प्रबुद्ध ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]