१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

वीरगंज – पर्साको राष्ट्रिय वन क्षेत्रमा केही दिन यता लागेको डढेलो नियन्त्रण भएको दाबी गरिएको छ। निकुञ्ज प्रशासन, वन कार्यालय तथा सुरक्षा अधिकारीहरुले यस्तो दाबी गरेका छन्। पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज साहले निकुञ्जमा लागेको डढेलो नियन्त्रण भईसकेको बताए।

निकुञ्जको गडुवालाइन पोष्टको जंगल क्षेत्रमा बढी डढेलो लागेकोमा नेपाली सेना तथा मध्यवर्ती क्षेत्रका सदस्यहरुको प्रयासमा डढेलो नियन्त्रण गरिएका प्रमुख संरक्षण अधिकृत साहले जानकारी गराए। जंगलमा आगो लगाउनु अपराध भएको उल्लेख गर्दै उनले चेतनाको अभावमा गाइवस्तु चराउन वा दाउरा लिन जानेहरुले चूरोटको ठुटो फाल्दा जंगलमा आगलागी हुने गरेको बताए।

यस सम्बन्धमा डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख सहायक वन अधिकृत फरमान मियाले राष्ट्रिय वनमा लागेका डढेलो नियन्त्रणका लागि जनशक्ति परिचालन गरी आगो नियन्त्रणमा लिएको बताए। वन कार्यालय पर्साको क्षेत्र वसन्तपुर, रंगपुर तथा सबैया लगायतका क्षेत्रमा दर्जनौ स्थानमा डढेलो नियन्त्रण गरिएको उनको दाबी छ। यसका साथै बिभिन्न क्षेत्रमा डढेलो नियन्त्रणका लागि वनसँग सरोकार राख्ने जनप्रतिनिधिहरु, सञ्चारकर्मी तथा स्थानीयबीच जनचेतना मूलक कार्यक्रम पनि जारी रहेको उनले जनाए।

निर्मल–ठोरी वन उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले पनि डढेलो नियन्त्रण भइसकेको जानकारी गराएका छन्। अन्य क्षेत्रमा डढेलो लाग्न नदिन निगरानी बढाइएको अध्यक्ष बस्नेतले जनाए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]