सप्तरी – भारत बिहारको सीतामढीमा भेटिएका महोत्तरीको भंगहा नगरपालिका ८ धर्मपुरका सातजना किशोरीलाई परिवारको जिम्मा लगाइएको छ ।
महोत्तरी प्रहरीले बुधबार राति साढे १० बजे जलेश्वर ल्याएर उनीहरुलाई परिवारजनको जिम्मा लगाएको प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरज प्रतासिंहले जानकारी दिए । बुधबार बिहान सीतामढीमा फेला परेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेको थियो । भारतीय प्रहरीले राति साढे ९ बजे नेपाल प्रहरीलाई जिम्मा लगाएपछि परिवारलाई जिम्मा लगाउने सहमति भएको थियो।
दोषी पत्ता लगाउन घटनाको अनुसन्धानमा तथा थप सोधपुछको लागि बालिकाहरू लाई राती राखेर आज बिहीबार परिवारजनसँग घर पठाइएको छ । भँगाहा नगरपालिका ८का सातजना किशोरी मंगलबार दिउँसो घाँस लिन गएको बेलादेखि बेपत्ता भएका थिए ।सीतामढी प्रहरीले उद्धार गरेपछि किशोरीहरुले आफुहरु गायिका बन्न हिँडेको बयान दिएका थिए । यसले उनीहरुलाई बाहिर लैजानमा कसैको संलग्नता भएको हुन सक्ने आशंका गरिएको छ । मंगलबार अबेर साँझसम्म घर नफर्केपछि घरपरिवारमा रुवाबासी भएको थियो भने गाउँले त्रसित भएका थिए ।
उनीहरुको खोजतलासमा नगरप्रमरुख संजिव साहसहित जन प्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दा लागेका थिए ।