१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

बागमती प्रदेशसभा आगामी चैत अन्तिम साता बस्ने भएको छ । बैठकको मिति तय गर्न शुक्रबार बागमती प्रदेशसभा सचिवालयमा कार्य परामर्श समितिको बैठक बोलाइएको छ ।

बैठक दिउसो १ बजे बस्ने जनाइएको छ । बिहिबार बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ र बागमती प्रदेशसभा अन्तर्गतका पाँच वटा विभिन्न समितिका सभापतिहरूको बैठकले प्रदेशसभाको बैठकलाई नियमित गर्ने तथा प्रभावकारी बनाउन आवश्यक भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।प्रदेश सभाको आगामी कार्यलाई सशक्त रुपमा अगाडी बढाउन आवश्यक बजेट र थप जनशक्ति उपलब्ध गराउन बागमती प्रदेशका मुख्यमन्त्री, अर्थमन्त्री र प्रदेशका प्रमुख सचिवसँग छिट्टा–छुट्टै छलफल गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले प्रदेश सरकारले स्थापनादेखि हालसम्म गरेका कामहरुको छलफल तथा स्थलगत अनुगमन गर्ने निर्णय गरेको छ ।प्रदेशसभा सदस्यहरुलाई आवश्यक ऐन कानुन तर्जुमा गर्न सांसदहरुको ध्यानकेन्द्रीत गरी जवाफदेही बनाउने र सांसदहरुलाई प्रदेशसभा संचालनका बखत अन्य कामको प्रयोजनमा समय खर्च नगर्न निर्देशित गर्ने बैठकले निर्णय गरेको छ ।

प्रदेशसभाको पहिलो बैठकदेखि छैठौं बैठकसम्म ६० वटा ऐन, कानूनको तर्जुमा गरिएको र उक्त ऐन कानुनले जनहितको लागि काम गरे नगरेको बारे अनुगमनका लागि प्रदेशको १३ वटै जिल्लाहरुमा विभिन्न समितिका सभापतिहरूको नेतृत्वमा क्रमशः अनुगमन टोली खटाइने भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]