काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले काठमाडौं-तराई फास्ट ट्रयाक योजनालाई दोस्रो मेलम्ची नबनाउन आग्रह गरेका छन् ।
सार्बजनिक लेखा समितिले विहिबार फास्ट ट्रयाकको टनेल र पुलको प्याकेजको ठेक्का प्रक्रिया रोक्दै पुन: प्रक्रिया शुरु गर्ने निर्देशन दिएपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमा टिप्पणी गर्दै सेनाले जिम्मा लिएको हॅुदा काठमाडौं-तराई फास्ट ट्रयाक समयमै सम्पन्न हुने आशा भएपनि राजनीतिक क्षेत्रको किचलो र हस्तक्षेपको कारण निर्माण कार्यमा अवरोध हुने छॅाटकाट देखिएको बताएका छन् ।
उनले भनेका छन् :
सेनाले जिम्मा लिएकोहॅुदा काठमाडौं-तराई फास्ट ट्रयाक समयमै सम्पन्न हुने आशा थियो।तर,राजनीतिक क्षेत्रको किचलो/हस्तक्षेपको कारण निर्माण कार्यमा अवरोध हुने छॅाटकाट देखिएको छ ।
५/७ वर्षमा सकिने आयोजना स्वार्थी राजनीतिको चक्रव्युहमा नपरोस् । फास्ट ट्रयाक दोस्रो मेलम्ची नबनोस् ।