०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

चितवन – चितवन राष्ट्रिय निकुञ्जमा गैँडा गणनामा खटिएको टोलीलाई जंगली हात्तीले आक्रमण गर्दा पाँच जना घाइते भएका छन्।

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ गैंडाखालमा शुक्रबार दिउँसो गैंडा गणनाको क्रममा ‘ध्रुबे’ सहितको जंगली हात्तीको समूहले आक्रमण गरेको हो। धु्रबे हात्तीले यसअघि चितवन आसपासका क्षेत्रमा आतंक मञ्चाएको थियो।

ध्रबेले वि.सं. २०६६ देखि ०६९ सम्म १३ जनाको ज्यान लिएपछि सरकारले यसलाई मार्ने निर्णय गरेको थियो। सरकारले मार्ने सूचीमा राखेर खोजी सुरु गरेपछि बेपत्ता भएको ध्रुबेले शुक्रबार पुनः आतंक मच्चाएको हो।

आक्रमणबाट पाँच जना गणक घाइते भएका गणक हेमराज आचार्यले जानकारी दिए। आचार्यका अनुसार गैंडा गणना गर्ने क्रममा जंगली हात्तीको समूहले गणनामा खटिएका हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा घटना भएको हो।

त्यस क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाहीको हरिपुर नगरपालिका ७ का ४२ वर्षीय दीपेन्द्र चौधरी, अर्का माहुते रौटहट चन्दनपुर नगरपालिका ७ का ५१ वर्षीय देवलाल चौधरी र अन्य दुईजना गणक घाइते भएका छन्।

घाइतेमध्ये अधिकृत श्रेष्ठको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। उनलाई मध्यविन्दु अस्पतालमा सामान्य उपचारपछि शुक्रबार साँझ हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाडौँ लगिएको छ। उनको अहिले काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ।

शुक्रबारको घटनापछि चितवन निकुञ्जमा जारी रहेको गैंडा गणना कार्य तत्कालका लागि स्थगित गरिएको निकुञ्ज प्रशासनले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जमा ९ चैतदेखि गैँडा गणना सुरु भएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]