०२ माघ २०८१, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २२, २०७७

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई गत प्रतिनिधि सभाको निर्वाचनमा हराउन खोजेको आरोप लगाएका छन्।

आइतबार काठमाडौँ जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नेता नेपालले उपाध्यक्ष वामदेव गौतमलाई पनि ओलीले नै हराएको बताएका हुन्।‘काठमाडौँको २ नम्बर क्षेत्रमा उम्मेदवार हुँदाखेरी केपी ओलीका मान्छेले मलाई चुनाव हराउन खोजेका थिए। मलाई हराउनका लागि मेरो सामुन्ने नै प्रयत्न गरेका थिए। आफ्नो पक्षको उम्मेदवारका पक्षमा पर्चा बाढ्दै र भोटमाग्दै हिँडेका थिए। माधव नेपालको त नामैले, अनुहारले नै भोट आइहाल्छ नि किन बाड्नु पर्यो पर्चा, किन माग्नु पर्यो भोट भन्थे’, नेपालले भने।उनले वामदेव गौतम पनि पार्टीभित्रकै अन्तविरोधका कारण चुनाव हारेको र ओली पक्षले नै हराएको दावी गरे।

‘वामदेव गौतम त्यही कारणले हार्नुभएको हो, हराइएको हो थाहा छ तपाईंहरुलाई’, नेपालले भने, ‘विभिन्न व्यक्तिहरुलाई विभिन्न ठाउँमा हराउनका लागि उहाँले भूमिका खेल्नुभयो। त्यसमध्ये पनि सबैभन्दा पहिला जो प्रधानमन्त्रीको प्रत्यासी हुन्छ त्यसको पत्तासाफ गरिदिने योजनामा उतिबेलैदेखि लाग्नुभएको थियो।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]