१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

झापा – झापाको गौरीगञ्चमा ब्यक्तिले श्रीमतीलाई आक्रमण गरि रगताम्य बनाएको केहीबेरमा उनले आत्महत्या गरेका छन्।

झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा श्रीमतीलाई घाइते बनाई श्रीमानले आत्महत्या गरेका हुन्।गएराति ३० बर्षिय मोहनदेव भनिने जगतबहादुर ताजपुरियाले आफ्नै घरको शौचालय जाने बाटोमा रहेको कटेरोमा झुण्डिएर आत्महत्या गरेका हुन्।

राति २६ वर्षिया पत्नी राजकुमारी ताजपुरियासँग झगडा भएको र झगडाकै क्रममा उनले धारिलो हतियारले पत्नीको शरीरमा रोपेका थिए। श्रीमती रगताम्य भएपछि उनलाई परिवारका सदस्य र छिमेकीले उपचारका लागि लगेपछि जगतबहादुरले झुण्डिएर आत्महत्या गरेको स्थानीयले बताएका छन्।

राजकुमारीको हात पाखुरा तथा पेटमा गहिरो चोट लागेको र उनको दमकमा उपचार संभव नभएपछि विराटनगरस्थित विराट नर्सिङ होमको सघन कक्षमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीले बताए।

जगतबहादुरको शवलाई राति नै पोष्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]