१९ पौष २०८१, शुक्रबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

काठमाडौं – वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेले राष्ट्रिय निकुञ्जमा जाने पर्यटकहरूको सुरक्षाका लागि बीमाको व्यवस्था गर्न मन्त्रालयले पहल गरिरहेको बताएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जको बाघ जाउलाखेलस्थित चिडियाखाना राख्ने क्रममा बोल्दै मन्त्री आलेले भने, ‘ बाहिरी तथा भित्री पर्यटकहरू राष्ट्रिय निकुन्जमा जाँदा शुल्क तिरेर जानुहुन्छ । तर, उहाँहरूको बीमाको व्यवस्था छैन । हामीले बीमाको व्यवस्थाका लागि छलफल अगाडि बढाएका छौं ।’कोभिडका कारण धेरै पर्यटक विस्थापित भएका कारण पर्यटक बढाउन बजेट केन्द्रित हुनुपर्ने उनले बताए । निकुञ्ज जोखिमपूर्ण क्षेत्र भएको हुँदा हुँदै पनि पछिल्लो समय ९ प्रतिशत बजेट घटेर आएको उनको भनाइ थियो ।

जोखिम व्यवस्थापनका लागि साढे ४ अबर बजेट थप्न लबिङ गरिरहेको मन्त्री आलेले बताए ।उनले २२ गते बर्दीयामा निकुञ्जमा गैंडा गणना गर्नेक्रममा मृत्यु भएका कर्मचारीलाई श्रद्धाञ्जलिसमेत दिए । ‘विगतमा पनि यस्ता घटना भएका छन् । हाम्रो देशमा पटक पटक घटना नदोहोरिन स्थलगत अवलोकन गरेर कहाँ कहाँ आरसीसी र विद्युतीय तार राख्ने भन्नेबारे नयाँ बजेटका लागि अर्थमन्त्रीसँग छलफल गरिरहेका छौ,’ मन्त्री आलेले भने ।

बर्दीया राष्ट्रिय निकुञ्जमा वस्ती नजिक भएको हुनाले जनावरहरूको आक्रमण हुनसक्ने सम्भावना धेरै भएको औंल्याउँदै भने, ‘बर्दीयामा कम्तिमा १० किलोमिटर पर्खाल र विद्युतीय तारको व्यवस्था गर्न मन्त्रालयसँग लविङ गर्दैछौं ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]