१८ पौष २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

भारतीय सेनामा आगामी चार वर्षभित्रमा एक लाख सैनिक कटौती गरिने भएको छ ।

चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतले यस लक्ष्यका विषयमा संसद्को स्थायी समितिलाई जानकारी दिएका छन् । त्यस कटौतीबाट बच्ने रकमको उपयोग प्रविधिलाई बढाउनका लागि गरिने रावतको भनाइ छ । सरकारले पनि सेनालाई यस रकमको उपयोग प्रविधिको क्षेत्रमा गरिने बताएको छ । भारतीय सेनामा संरचनागत परिवर्तनको प्रक्रिया चलिरहेको छ । दिल्लीस्थित जंगी अड्डाबाट अधिकारीहरू घटाएर फील्डमा पठाउने योजना छ ।

स्ट्यान्डिङ कमिटीलाई सेनाको टूथ टु टेल रेसियोका बारेमा पनि बताइएको छ । सैन्य कारवाहीमा भाग लिने तथा उनीहरूका लागि रसदपानी पुर्‍याउने सैनिकहरूबीचको अनुपातलाई टूथ टु टेल रेसियो भनिन्छ । सेनाको कारवाहीमा भाग लिने सैनिकहरूलाई टूथ र रसदपानी पुर्‍याउने सैनिकहरूलाई टेल भनिन्छ । टूथ धेर चाहिएमा टेलको संख्या घटाउनुपर्ने हुन्छ । यस अनुपातलाई घटाउनका लागि लगभग एक लाख सैनिक कम गर्नुपर्ने लक्ष्य लिइएको छ । अहिले भारतीय सेनामा लगभग १४ लाख सैनिक छन् । प्रविधिमा बढी जोड दिनुपर्ने सीडीएस रावतको भनाइ छ । आफूहरूले पैदल सैनिकमा फोकस गरिरहेको र उनीहरूले सीमामा निगरानी गर्ने गरेको उनले बताए ।

उनीहरूलाई आधुनिक राइफल दिने काम प्राथमिकतामा रहेको उनले बताए । उनीहरूलाई बढी सक्षम बनाउनका लागि धेरै प्रविधि दिन चाहेको रावतको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]