अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा काठमाडौं महानगरपालिका वडा नम्बर ३० का वडासचिव भरत कुमार पोखरेललाई पक्राउ गरेको छ ।
निर्माण कार्य सम्पन्न भएपछि विल भूक्तानी दिएवाफत अतिरिक्त रकम मागेको आरोपमा पक्राउ गरेको हो । अख्तियारका अनुसार सेवाग्राहीबाट ४ लाख रुपैयाँ लिइसकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
उनले नियमाअनुसार पाउने रकम नदिएर घुस लिएको पुष्टि भएको महानगरले जनाएको छ । आज विशेष अदालत काठमाडौंमा आरोपत्र दायर गर्दै ४ लाख रुपैयाँ विगोदावी गरिएको छ ।