बेलायतले अर्को सातादेखि लकडाउन खुकुलो गर्ने भएको छ। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले १२ अप्रिलदेखि लकडाउन खुकुलो पार्ने बनाउने बताएका हुन्।
उनले भनेका छन्, “१२ अप्रिलदेखि अहिलेको लकडाउन खुकुलो पारेर केही सहज बनाइनेछ।” यसअनुसार अर्को सातादेखि लण्डनमा होटल/रेष्टुरेन्ट तथा पब र बार खुल्नेछन्।
यसैगरी पुस्तकालय, चिडियाखाना र सामुदायिक केन्द्र पनि खुल्नेछन्।