११ मंसिर २०८१, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र २५, २०७७

दोहा – कतारमा कोरोना खोप लगाउन हेल्थ कार्ड नचाहिने भएको छ । नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारले कोरोना खोप लगाउन हेल्थ कार्ड आवश्यक नपर्ने जनाएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार अबदेखि खोप लगाउन हेल्थ कार्ड चाहिँदैन । हेल्थ कार्ड नभए पनि एहतराज एप्समा हरियो हुनुपर्ने र म्याद भएको कतारी आइडी हुनुपर्ने मन्त्रालयले जनाएको छ ।यद्यपि सरकारी अस्पतालबाट अन्य सेवा सुविधा पाउनको लागि हेल्थ कार्ड बनाउन मन्त्रालयले अनुरोध गरेको छ । यसघि हेल्थ कार्ड नभएका आप्रबासी श्रमिकहरुले खोप लगाउन नपाउने व्यवस्था गरेको थियो ।

कतारमा कोरोना मृत्युदर बढदै
कतारमा कोरोना संक्रमण बढेसंगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्लो २४ घण्टा अर्थात मंगलवार एकै दिन ६ जनाको मृत्यु भएको छ । मंगलवार थप ३४, ४९, ५२, ५८, ७६ र ७९ वर्षीय नागरिकको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ ।

योसंगै कतारमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३१२ पुगेको छ । त्यस्तै २४ घण्टामा ९२७ नयाँ सङ्क्रमित थपिएको छ भने ५१२ जना उपचारपछि निको भएको मन्त्रालयले जनाएको छ ।यो समाचार तयार पार्दासम्म कतारमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार २६१ जना पुगेको छ । उपचारपछि निको हुनेको संख्या १ लाख ६६ हजार ९५३ पुगेको छ ।

मन्त्रालयका अनुसार कतारमा अहिले १७ हजार ९९६ वटा ‘एक्टिभ’ केस रहेका छन् । तीमध्ये ४२७ जनाको आईसीयूमा उपचार भैरहेको छ । अहिलेसम्म कतारमा ९ लाख ६१ हजार ५५५ जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]