बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई राजदूतावास भित्र प्रवेशमा रोकिएको छ ।
म्यानमारमा भएको सैन्य शासनको विरोध गर्दै आएका मिनले आफ्नै दूतावास प्रवेश गर्न नपाएका बीबीसीले जनाएको छ ।उहाँले दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई भित्र प्रवेश गर्न नदिइएको बताउनु भएको छ । अन्य कर्मचारी भित्रै रहेका बेला आफूलाई घण्टौँसम्म पनि प्रवेश गर्न नदिइएको उहाँले बताउनु भएको छ ।गएको फेब्रुअरी १ तारिखमा म्यानमारका सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई हिरासतमा लिएपछि बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनले विरोध गर्दै आउनु भएको थियो ।
म्यानमारमा सैन्य ‘कू’ को विरोधमा भइरहेको विरोध प्रदर्शनमा अहिलेसम्म बालबालिकासहित ५ सयभन्दा धेरैको ज्यान गएको छ ।