अमेरिकाको टेक्ससस्थित ब्रायन शहरमा एक पार्कमा गोलीकाण्ड हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
पार्कमा धेरैजना घुम्न गएको बेलामा गोलीकाण्ड भएको थियो । प्रहरीले आरोपितलाई हिरासतमा लिएको छ । घटनाको कारण पत्ता लागेको छैन ।
घटना स्थानीय समयअनुसार बिहीवार साढे २ बजेतिर भएको हो । प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रमणकारी केन्ट मूर क्याबिनेटको कर्मचारी हो ।
प्रहरीले सबै घाइतेलाई अस्पतालमा भर्ना गरेको छ । अमेरिकामा लगातार भइरहेको गोलीकाण्डले राष्ट्रपति जो बाइडन पनि चिन्तित भएका छन् । बन्दूकबाट हुने हिंसा महामारी जस्तो भएको उनको भनाइ छ । यसलाई रोक्न सम्भव भए जति सबै कदम उठाउने उनको भनाइ छ ।
हतियार खरिद तथा व्यवस्थापनका विषयमा नयाँ कानून बनाइने समभावना छ ।